ललितपुर । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार हालै गाजामा इजरायलले बढाएको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरू दक्षिणतर्फ विस्थापित भएका छन् ।
ओसीएचएले जनाएको अनुसार अगस्ट महिनाको मध्यदेखि हालसम्म १ लाख ९० हजारभन्दा बढी मानिसहरूले गाजा सहर छोडिसकेका छन् ।
विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद पैदल यात्रा गर्न बाध्य भएका छन् । परिवारका सदस्यहरू-विशेषगरी महिला र ज्येष्ठ नागरिकहरूको नेतृत्वमा नाङ्गो गोडा हिंडिरहेका, घाइते बालबालिकालाई बोकेर घण्टौँसम्म यात्रा गर्नुपर्ने अवस्था देखिएको छ ।
फोटोः ओसीएचए