पोखरा । बिरौटामा सम्पन्न ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोमलाई समर्पित संयुक्त स्मारिका “यज्ञशिरोमणि : कोटिहोम स्मारिका” छिट्टै प्रकाशन हुने भएको छ।
यस महत्वपूर्ण स्मारिकामा गण्डकी र पशुपति क्षेत्रमा सम्पन्न कोटिहोम सम्बन्धी विविध सामग्री समेटिनेछ, जसमा दानवीरहरूको नामावली, लेख–रचना, विचार, तथा शुभकामना सन्देशहरू समावेश हुनेछन्।
स्मारिकाको सम्पादन अग्निचक्र मासिक पत्रिकाका सम्पादक लक्ष्मीनारायण भट्टराईले गर्नुहुनेछ ।
यसअघि अग्निचक्र मासिकले कोटिहोम विशेषाङ्कका चार अङ्कहरू प्रकाशित गरिसकेको छ, जसले कोटिहोमको आध्यात्मिक र सामाजिक महत्वलाई उजागर गर्दै आएको छ।
