ललितपुर । गोदावरी नगरपालिका-६ टिकाभैरव पुलस्थित सडकमा प्रदेश ३-०१-००५ ख ९३४६ नम्बरको बसबाट खसेर यसै वडाको शिखर्पा निवासी ४५ वर्षीया गीता तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसबाट खसेर २०८२ भदौ १७ गते घाइते हुनु भएकी तिमल्सिनाको उपचारका क्रममा पाटन अस्पतालमा २०८२ भदौ १८ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।