मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अध्यावधिकः आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय तोकेको छ ।

आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली सङ्कलन र अद्यावधिक गरिने उहाँको भनाइ छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था छ । तर, सरकारले २०८२ असोज ८ गते अध्यादेश ल्याएर यो व्यवस्था हटाएको हो । 

Author

Related News