मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

पर्यटन क्षेत्र चलायमान बनाउन जोसिलो प्रयास

पोखरा । होटल सङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष तथा पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैरेले पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यवसायीहरू जोस र ऊर्जाका साथ लागिरहेको बताउनुभएको छ ।

२०४६ सालदेखि पर्यटन व्यवसायमा सक्रिय गैरेले पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझै ठूलो सम्भावना बोकेको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्यताका कारण पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

तथापि, राजनीतिक अस्थिरताका कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको उहाँको भनाइ छ । “राजनीतिक स्थायित्व नहुँदा यो क्षेत्र निकै प्रताडित छ ।”-उहाँले भन्नुभयो ।

गैरेले स्थायित्व र नीतिगत स्पष्टता भएमा पोखराको पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्ने धारणा राख्नुभएको छ ।

Author

Related News