मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिन्धुलीमा सवारी दुर्घटना,  मृतकको पहिचान हुन बाँकी

रुद्रबहादुर खड्का, सिन्धुली।

कमलामाई नगरपालिका-४ हिरापानीस्थित बि.पी. राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दिउँसो करिब १२:५५ बजे काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र विपरीत दिशाबाट सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक अन्दाजी ३०/३५ वर्षका पुरुष गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा दिउँसो १:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बस चालक हरिहरपुरगढी गाउँपालिका-५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र चालक दुवै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेका छन् ।

दुर्घटनास्थल प्रहरी चौकी ढुङ्ग्रेबासबाट करिब १ किलोमिटर पश्चिम तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ ।

प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Author

Related News