मानव आवाज

२०८३ भदौ २८ गते
00: 00: 00
२०८३ भदौ २८ गते

संविधान रक्षाका लागि परिवर्तनकारी शक्तिबिच एकता आवश्यक: नेपाल

वीरगञ्ज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा र नागरिकका संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

वीरगञ्जमा २०८३ भदौ २७ गते आयोजित पत्रकार भेटघाटमा उहाँले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता र समावेशितालगायत उपलब्धिको संरक्षण गर्दै जनतालाई सुशासन र प्रभावकारी सेवा प्रवाह दिन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री नेपालले आदिवासी, महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गर्नुभएको छ ।

Author

सम्बन्धित समाचार