काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गर्दै सकिएको छ ।
वाम एकताका लागि नेकपा एसले गठन गर्यो वार्ता टोली
काठमाडौँमा २०८२ कात्तिक १२, १३ र १४ गते सकिएको केन्द्रीय कमिटी बैठकले बामपन्थी पार्टीहरूसँग बृहत्तर एकता गर्ने र हाललाई माओवादी केन्द्र र नेसपासँग एकता गर्ने औपचारिक निर्णय गरेको हो ।
पार्टी एकताका लागि पाँच सर्त !
बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।
उहाँको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको बैठकमा सहभागी एक नेताले बताउनु भएको छ ।
बैठकमा अध्यक्ष नेपालले थप गृहकार्य सचिवालय बैठकले गर्ने पनि सुनाएउनु भएको नेता मेटमणी चौधरीले जानकारी दिनु भयो ।
नेकपा (एस) को बैठक: निर्वाचन, एकता र संविधान रक्षा प्राथमिकतामा
तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल,रामकुमारी झाँक्रीसहितका केही नेताहरूले भने तत्काल एकताको साटो शुद्धीकरण गर्नु पर्ने बताउँदै एकताको विपक्षमा रहेको बताउनु भएको छ ।