मानव आवाज

२०८३ असोज २५ गते
00: 00: 00
२०८३ असोज २५ गते

एमाले पोखरा-५ द्वारा शुभकामना आदानप्रदान तथा चियापान

पोखरा । नेपालीहरूका प्रमुख चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी-५ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

रवीन्द्र स्मृति बाटिकामा २०८३ असोज २५ गते आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूबिच शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय नेता राजीव पहारी, प्रदेश कमिटी सदस्य अञ्जु केसी, जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य तथा वडा कमिटी-५ का इन्चार्ज उज्ज्वल खत्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा कमिटी-५ का अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण आधार भएको बताउनुभयो । यस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बरालले स्थानीयस्तरमा विकास, सामाजिक सेवा र जनहितका गतिविधिलाई प्राथमिकतामा राख्दै पार्टी सङ्गठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्य, पार्टीका शुभेच्छुक, स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूबिच आत्मीय वातावरणमा शुभकामना आदानप्रदानसँगै चियापान गरिएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार