लमजुङ-पोखरा सम्पर्क समितिले नेपाली महिलाहरूको सांस्कृतिक पर्व तीजको अवसरपारी शुभकामना आदानप्रदान एवम् नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ तीज साझा संस्कृति भएकाले यसलाई विकृति, विसङ्गतिबाट मुक्त गरी मनाउनुपर्ने जोड दिनु भयो ।
विगतका वर्ष देखिनै लमजुङबाट पोखरा आई बसोबास गर्ने दिदी बहिनीहरूलाई समितिले तीजको शुभकामना सहित दर खुवाए र आगामी दिनमा पनी यो अभियानलाई अझ पुरस्कृत लगिने कार्यक्रम संयोजक लिलाबहादुर गुरुङले जानकारी दिनु भयो ।
कार्यक्रममा लमजुङकी चेली तथा सामाजिक अभियान्ता सावित्री घिमिरेलाई नारी सम्मान र समितिमा आबद्व परिवारमध्ये सबैभन्दा वृद्ध आमा मैया श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा पोखरा मनपा वडा –९ की वडा सदस्य लक्ष्मी पहारी, समितिका पूर्व अध्यक्ष विश्वलाल श्रेष्ठ, सूर्यप्रसाद बराल, चम्पा रानाभाट, निवर्तमान अध्यक्ष कृष्ण गिरी, समितिका सल्लाहकार प्रेमकुमारी गुरुङ, महिला उप-समिति पूर्व संयोजक एवं सल्लाहकार काशीमाया गुरुङ, महिला उप-समिती संयोजक पार्वती खनालले शुभकामना सहित तिज पर्वको महत्त्व र तिज भनेको मर्यादित र समानजनक तबरले मनाउने तर्फ जोड दिनु भएको थियो।
समितिका अध्यक्ष इश्वर चिलुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शशी श्रेष्ठले गर्नु भएको थियो ।