ललितपुर । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित १२ औँ श्रृङ्खलाको उपत्यकाव्यापी माध्यमिक तहस्तरीय तुल्सीलाल रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता २०८२ साउन १७ गते सकिएको छ ।
प्रतियोगितामा सहभागि ३० विद्यालय समूहमध्ये ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कूलको समूह ‘ए’ पहिलो भएको छ।
यसै विद्यालयको समूह ‘बी’ दोस्रो स्थानमा रहँदा, काठमाडौँको तरुण माध्यमिक विद्यालय तेस्रो र ललितपुरको गोदावरीस्थित एमर्याल्ड मावि चौथो भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्दै प्रतियोगिताबाट विद्यार्थीले ज्ञान बढाउनुका साथै वामपन्थी विचारक तुल्सीलाल अमात्यको स्मृति सम्झन सकिने बताउनु भयो ।
प्रतियोगिताका संयोजक बाबुराम थापाका अनुसार पहिलो, दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतिष्ठानले प्रत्येक वर्ष तुल्सीलाल अमात्यको स्मृतिमा हाजिरजबाफ प्रतियोगिता आयोजना गर्दै आएको छ।