मानव आवाज

२०८३ जेष्ठ ३० गते
00: 00: 00
२०८३ जेष्ठ ३० गते

जननेता मदन भण्डारीको स्मृतिमा देशभर श्रद्धाञ्जली

ललितपुर । आज जेठ ३, नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख नेता मदन भण्डारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

“जनताको बहुदलीय जनवाद” सिद्धान्त सहकर्मी नेताहरूको साथ र सहयोगमा उहाँकै नेतृत्वमा अघि सारिएको हो ।

२०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा उहाँको रहस्यमय निधन भएको थियो । जुन रहस्य अहिलेसम्म पनि रहस्यमा नै छ ।

नेपालको राजनीतिक इतिहासमा प्रभावशाली नेताका रूपमा चिनिनुभएका मदन भण्डारीको नेतृत्वले “जनताको बहुदलीय जनवाद” सिद्धान्तमार्फत नेपाली राजनीतिमा नयाँ बहस र दिशा दिएको थियो ।

मदन भण्डारीको निधन भएको दिनको सम्झनामा आज देशभर विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा समर्थकहरूले श्रद्धाञ्जलीसभा, दीप प्रज्वलन तथा विचार गोष्ठी आयोजना गरेका छन् ।

दासढुङ्गा लगायत विभिन्न स्थानमा उहाँको योगदानको चर्चा गर्दै स्मरण कार्यक्रम सम्पन्न भइरहेका छन् ।

नेताहरूले मदन भण्डारीले अघि सार्नुभएको राष्ट्रियता, लोकतन्त्र र जनमुखी राजनीतिक सोच आज पनि सान्दर्भिक रहेको बताएका छन् । उहाँको योगदान नेपाली लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण मानिन्छ ।

Author

Share the News

Recent News

Related News