मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

उद्योग परिसङ्घ कोशीको पाँचौँ स्थापना दिवसमा वृक्षारोपण र खाद्यान्न वितरण

विराटनगर । नेपाल उद्योग परिसङ्घ (सीएनआई) कोशी प्रदेश समितिले पाँचौँ स्थापना दिवस वृक्षारोपण र खाद्यान्न वितरण गरेर मनाएको छ ।

परिसङ्घले २०८२ असार १४ गते विराटनगरस्थित सचिवालय अगाडिको सडक डिभाइडर भित्र रहेको सीएनआई वाटिकामा वृक्षारोपण र मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेर पाँचौ स्थापना दिवस मनाएको हो।

परिसङ्घ कोशीका अध्यक्ष पवनकुमार सारडाले वृक्षारोपण र मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन र खाद्यान्न वितरण गर्दै आगामी दिनमा समेत आश्रमलाई सहयोग जारी राख्ने प्रतिबद्धता गर्नु भएको थियो ।

उहाँले मानव सेवा आश्रमले सडकमा आश्रितहरूलाई नयाँ जीवन दिएको बताउँदै परिसङ्घ यस्ता पुनित कार्यलाई सहयोग गर्न सदा तत्पर रहने बताउनु भएको थियो।

पाँचौँ स्थापना दिवस कार्यक्रमकी संयोजक तथा परिसङ्घ कोशी उपाध्यक्ष गिरिजा सारडाले परिसङ्घले समाजमा वातावरण प्रतिको सचेतता वृद्धि र समाजमा उत्कृष्ट कार्य गरिरहेको संस्थालाई सहयोग होस् भन्ने उद्देश्य साथ वृक्षारोपण र खाद्यान्न वितरण कार्यक्रम राखिएको बताउनु भयो।

परिसङ्घ कोशीका महानिर्देशक विजयहरि शर्माले परिसङ्घ सचिवालय अगाडिको डिभाइडर भित्र रहेको सीएनआई वाटिकाको रेखदेख तीन वर्षदेखि परिसङ्घले गर्दै आएको जानकारी दिनु भयो।

वृक्षारोपण र खाद्यान्न वितरण कार्यक्रममा परिसङ्घ कोशीका संस्थापक अध्यक्ष एवम् केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।

Author

Related News