मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सङ्क्रमणकालीन न्यायः १० जनाका लागि १ सय १० को आवेदन

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका अध्यक्ष तथा सदस्य गरी १० जना पदाधिकारीका लागि १ सय १० जनाको निवेदन परेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयका अनुसार अध्यक्ष तथा सदस्यका लागि व्यक्तिगत ८० र संस्थागत रूपमा ३० जनाको नाममा आवेदन परेको हो ।

प्राप्त आवेदनलाई समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ । सिफारिस समितिकी प्रवक्ता डा. लिली थापाका अनुसार सबै आवेदन कानुन मन्त्रालयको वेबसाइटमा सोमबार प्रकाशन गरिनेछ ।

समितिले दुवै आयोगको अध्यक्ष तथा सदस्यका लागि इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम आवेदन फाराम भरी १० दिनभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्न भनेको थियो । समितिले आवेदन दिन २०८२ बैशाख ७ गतेसम्मको समय दिएको थियो ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, अधिकारकर्मी स्टेला तामाङ र मानव अधिकार आयोगका तर्फबाट डा. लिली थापा रहेको सिफारिस समिति गठन गरिएको थियो ।

Author

Related News