मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

मानवअधिकार समूहका सदस्यहरूका लागि तालिम

मधु पन्थी, पोखरा ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा मानवअधिकार समूहका पदाधिकारीका लागि क्षमता विकास तालिम २०८२ जेठ १७ गतेदेखि पोखरामा शुरू भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका कार्यालय प्रमुख नीतु गर्तौलाले मानवअधिकार अभियानलाई जिवन्त राख्न इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

समुदायमा विभेदका घटनाहरू भइरहेका र पीडितलाई कानुनी रूपमा न्यायका लागि अधिकारकर्मीहरू सक्रिय हुनुपर्ने आजको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

मानवअधिकार हनन्का घटनामा इन्सेकले राज्यलाई ध्यानाकर्षण गराइरहेको उहाँको भनाइ छ । गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले गैरसरकारी संस्थाहरूले निरन्तर रूपमा मानवअधिकार प्रवर्धनका लागि काम गरिरहेको बताउनु भयो ।

पूर्वी नवलपरासी र कास्की जिल्लामा इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहका पदाधिकारीहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले बताउनु भयो ।

संयोजक खकुरेलले मानवअधिकार शिक्षा कार्यक्रम अन्तर्गत तीन वर्षदेखि पूर्वी नवलपरासीको देवचुली र मध्यविन्दु नगरपालिकाका साथै कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउँदै उहाँले स्थानीय समुदायलाई सचेत र जागरुक बनाउँदै मानव अधिकार प्रति स्थानीय सरकारलाई जिम्मेवार र जबाफदेही बनाउनका लागि कार्यक्रम सञ्चालन हुँदै आएको बताउनु भयो ।

दुई दिनसम्म मानव अधिकारको अवधारणा र मानव अधिकारको लागि मानव अधिकारकर्मीको भूमिका, महिला अधिकार र कार्यान्वयनको अवस्था, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, जातीय विभेद विरुद्धको अधिकार, सुशासन प्रवर्धनका लागि नागरिक समाजको भूमिका, नेतृत्व विकास लगायतका विषयमा सहजीकरण गरिने छ।

Author

Share the News

Recent News

Related News