मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

आज बागमती प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले २०८३ वैशाख २४ गते तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो ।

प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार भाषा दिवस मनाउने व्यवस्था गरिएको हो । उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

ऐनको दफा (१) को उपदफा (३) अनुसार राजपत्रमा प्रकाशित भएको १ सय ८० दिनपछि ऐन कार्यान्वयनमा आउने व्यवस्था गरिएको थियो ।

सोही व्यवस्था अनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयनमा आएकाले वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको हो ।

प्रदेश सरकारले भाषा, संस्कृति तथा मातृभाषाको संरक्षण, प्रवर्धन र सरकारी कामकाजमा बहुभाषिक प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउँदै आएको जनाएको छ ।

यस अवसरमा बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । दिवसका अवसरमा विभिन्न जिल्लामा भाषा, साहित्य, संस्कृति तथा पहिचानसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएका छन् ।

Author

Share the News

Recent News

Related News