ललितपुर । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा दुई वर्षका लागि सामीप्यराज तिमल्सिना निर्वाचित हुनुभएको छ ।
काठमाडौँको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारण सभाले तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसिएट संस्था ‘फिक्सन’ को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रिना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताउनुभयो ।
