ललितपुर । मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको निधन भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमल्सिना रहनु भएको प्रहरीले जनायो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका-२ मार्फा पुग्दा अचानक बेहोस हुनु भएको थिए ।
उहाँलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिमल्सिनाको आज मृत्यु भएको हो । उहाँको शव ल्याउन बाँकी रहेको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।