मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

तिमल्सिना उत्कृष्ट सूचना अभियन्ता पुरस्कारबाट पुरस्कृत

ललितपुर । ललित सन्देशका संस्थापक प्रकाशक एवम् प्रधानसम्पादक, राजधानी दैनिकका समाचार संयोजक अमृतनाथ तिमल्सिना विनय कसजू उत्कृष्ट सूचना अभियन्ता पुरस्कार २०८२ बाट सम्मानित हुनु भएको छ ।

सढे दुई दशकदेखि पत्रकारितामा सक्रिय तिमल्सिनालाइ १९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ भदौ २ गते नगद राशीसहित सम्मान गर्नु भएको हो ।

सूचना अधिकारको क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनु भएका तिमल्सिनाले विभिन्न तहमा जनचासोका मुद्दाहरू उजागर गर्दै नागरिकमा सूचनाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ ।

उक्त पुरस्कार पाएपछि तिमल्सिनाले पेसागत धर्मप्रति अझ जिम्मेवार बन्दै सूचनाको हकका क्षेत्रमा थप क्रियाशील हुन जिम्मेवारबोध भएको बताउनु भएको छ ।

Author

Related News