मानव आवाज

२०८३ जेष्ठ २९ गते
00: 00: 00
२०८३ जेष्ठ २९ गते

वर्ल्डकपको पहिलो खेलमै तीन जनाले पाए रातो कार्ड

काठमाण्डौ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले पराजित गरेको छ ।

मेक्सिको सिटी रङ्गशालामा २०८३ जेठ २९ गते बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरेको खबर छ ।

खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गर्नुभएको थियो । खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपर्‍यो ।

त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।

खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले भीएआर समीक्षापछि रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित हुन पुग्यो ।

इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि १० खेलाडीमा सीमित भयो । 

जीतसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।

खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोला

Author

Share the News

Recent News

Related News