मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

झुम्का कारागारमा १३ दिनमै तीन जनाको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारमा १३ दिनमै तीन जना कैदीबन्दीको मृत्यु भएको छ । धरान उमनपा-१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँवको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको कारागार प्रशासनले जनाएको छ ।

उराँवले कर्तव्यज्यान मुद्दामा सजाय काटिरहेको र राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको पनि कारागारले जनाएको छ ।

यसअघि भदौ ४ गते कैदी विकास राईको मृत्यु भएको थियो । लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई ०८२ भदौ ४ गते बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको कारागार प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार मृतकहरू पहिले नै दीर्घ रोगी थिए र मृत्यु कारागारको व्यवस्थाका कारण नभएको प्रारम्भिक निष्कर्ष छ ।

घटनापछि जिल्ला सुरक्षा समितिले स्वास्थ्य शिविर सञ्चालन, गम्भीर बिरामीको स्थानान्तरण र कैदीहरूको स्वास्थ्य विवरण सङ्कलन गर्ने निर्णय गरेको छ ।

१ हजार ६ सय जनाको क्षमता भएको झुम्का कारागारमा अहिले १ हजार ७ सय ९४ कैदीबन्दी रहेका छन् । यहाँको कारागारमा पुरुष कैदीबन्दीलाई मात्र राख्ने गरिएको छ ।

Author

Related News