मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

मृगौला चोरी प्रकरणमा तीन जना पक्राउ

रुद्रबहादुर खड्का, सिन्धुली

दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेलको मृगौला चोरी गरी बेचबिखन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

यो घटनामा काभ्रे पाँचखाल नगरपालिका–१० का राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका–९ का समिर नेपाली र बेलकोटगढी नगरपालिका–४ का राकेश नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

समिरलाई साउन २१ गते काठमाडौंको टोखाबाट र बाँकी दुई जनालाई साउन २२ गते पाँचखालबाट पक्राउ गरिएको हो।

आरोपित तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पीडित भुजेललाई ६ लाख रुपियाँ दिने प्रलोभनमा भारतको चण्डीगढ लगेर आरोपतिहरूले २०८२ साउन ९ गते बाँया मृगौला निकाली बेचेको आरोप छ ।

Author

Related News