मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरका तीनै क्षेत्रमा दलित उम्मेदवार शून्य, महिला उम्मेदवार न्यून

ललितपुर । ललितपुर जिल्लाका तीन ओटै निर्वाचन क्षेत्रमा दलित समुदायबाट एक जना पनि उम्मेदवार देखिएको छैन भने महिला उम्मेदवारको सङ्ख्या पनि निकै न्यून रहेको पाइएको छ ।

उम्मेदवार दर्ताको अन्तिम विवरणअनुसार दलित प्रतिनिधित्व शून्य रहँदा समावेशितामाथि प्रश्न उठेको छ ।

क्षेत्र नं १ मा जम्मा २८ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट सरिता गोसाईं देशार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सजिना कार्की र स्वतन्त्रतर्फ शर्मिला बुढाथोकी गरी तीन जना महिला उम्मेदवार मैदानमा छन् । तर, दलित समुदायको प्रतिनिधित्व भने देखिएको छैन ।

क्षेत्र नं २ मा कुल २३ जना उम्मेदवार दर्ता भएका छन् । यस क्षेत्रमा नेमकिपाबाट चिरिमैयाँ महर्जन उम्मेदवार रहेनु भएको छ । यहाँ पनि दलित उम्मेदवार शून्य रहेका छन् ।

त्यसैगरी, क्षेत्र नं ३ मा पनि जम्मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । स्वतन्त्रतर्फ अञ्जु कारञ्जित र लक्ष्मी सुवेदी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कृष्णदेवी महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तोसीमा कार्की र नेमकिपाबाट रमिला महर्जन महिला उम्मेदवार रहेका छन् । यस क्षेत्रमा पनि दलित समुदायबाट उम्मेदवारी परेको छैन ।

संविधानले समावेशी प्रतिनिधित्वको व्यवस्था गरे पनि व्यवहारमा दलित समुदायको उपस्थिति नदेखिनु र महिला उम्मेदवार न्यून हुनु लोकतान्त्रिक अभ्यासका लागि चुनौतीपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ ।

Author

Related News