मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

यज्ञको पूर्णाहुति धर्मगुरु कालिबाबाबाट

मधु पन्थी, पोखरा ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा २०८२ जेठ २६ गते यज्ञको पूर्णाहुति चर्चित धर्मगुरु कालिदास बाबा (कालिवाव) गर्नु भएको छ । कोटीहोममा १ सय १ हवन कुण्डमा लगाइएको हवन समापन भएको छ ।

योसँगै कोटीहोममा सहभागी भएका ४ सय बढी ब्राह्मणलाई पनि नै बिदाइ गरिएको छ । ब्रतबन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि जेठ २६ गते नै समापन भएको छ ।

गत बैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी  सुरु भएको हवन कुण्डको पूर्णाहुति भयो । 

हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटी होममा दिनदिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए ।

कोटी होममा १ सय ८ भागवत महापुराण पाठपरायण, ४ वेद पाठपरायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका छन् ।

कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गराइएको संयोजक लेखनाथ ढकालले जानकारी दिनु भयो ।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ गतेदेखि श्रीमद्भागवत कथा वाचन गरिरहनु भएको छ । उहाँले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

Author

Related News