मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अहिलेको सरकार कांग्रेस-एमालेले होइन, बिचौलियाले चलाएको हो: प्रचण्ड

रुद्रबहादुर खड्का, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार वास्तविक रूपमा कांग्रेस र एमालेले होइन, बिचौलियाले चलाइरहेको आरोप लगाउनुभएको छ ।

काठमाडौँमा पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै २०८२ भदौ १८ गते उहाँले सतही रूपमा सरकार कांग्रेस र एमालेको देखिए पनि यसको वास्तविक नियन्त्रण दलाल र बिचौलियामाथि रहेको आरोप लगाउनु भयो ।

अध्यक्ष प्रचण्डले बिचौलियाले पैसाको बलमा कर्मचारी नियुक्ति, सेटिङ र अनुकूल निर्णय गराउने प्रथाविरुद्ध आफूले अभियान चलाइरहेको बताउनु भयो ।

सम्बोधनका क्रममा उहाँले हालको सत्ता गठबन्धन समेत दलाल र बिचौलियाले बनाएको आरोप लगाउनु भयो ।

प्रचण्डले सबै राजनीतिक दलका महिलाहरूलाई बिचौलियावाद र भ्रष्टाचारविरुद्ध सडक सङ्घर्षमा उत्रिन आह्वान गर्नु भयो ।

उहाँले सुशासन र समृद्धि ल्याउन जनसहभागिता अपरिहार्य भएको बताउँदै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महिलाको योगदान निर्णायक रहेको स्मरण गराउनु भयो ।

साथै, उहाँले लैङ्गिक विभेद र हिंसा अन्त्यका लागि सबै दलका महिलाले साझा सङ्कल्प प्रस्ताव संसदमा लैजानुपर्ने धारणा समेत राख्नु भयो ।

Author

Related News