काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । विभिन्न घटकहरू मिलेर बनेको उक्त पार्टीले यही २९ गते नयाँ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गर्न लागेको हो ।
पार्टीका नेता प्रेमबहादुर सिंहका अनुसार विस्तारपछि केन्द्रीय समितिको सङ्ख्या २ हजार ४ सय ९९ पुग्नेछ । साथै ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिने जानकारी उहाँले बताउनु भएको छ ।
उहाँका अनुसार पार्टीको सचिवालय भने निश्चित सङ्ख्याको हुने भए पनि कति सदस्यीय बनाउने भन्ने विषयमा अझै टुङ्गो लागिसकेको छैन ।
सचिवालयभन्दा अझै सानो संरचनाको रूपमा केन्द्रीय कार्यसंयोजन समिति पनि गठन गरिने सिंहले बताउनु भएको छ ।
केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम डिजिटल र भौतिक दुवै माध्यमबाट सम्पन्न गरिने तयारी गरिएको छ ।
पार्टी सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय समिति विस्तार गरिएको पार्टीले जनाएको छ ।