यस वर्षको दशैँको टीकाको उत्तम साइत २०८३ कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ ।
असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । असोज ३१ गते शनिबार फूलपाती परेको छ ।

