मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरामा तीज महोत्सवसँगै श्रष्टा सम्मान गरिने

मधु पन्थी, पोखरा।

नव आदर्श सामुदायिक विकास समाजले गत वर्ष जस्तै यस वर्ष पनि (२९ औं) तीज महोत्सवको अवसरमा तीज गीतसँगै खुला भलिबल प्रतियोगिता, अन्तर मावि छात्रा भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, श्रष्टा सम्मान, औद्योगिक मेलाको आयोजना गरिएको अध्यक्ष दिनेश भण्डारीले बताउनु भयो ।

सांस्कृतिक महोत्सव भव्य, सभ्य, व्यवस्थित र सफल बनाउन समाजले २२ ओटा उप-समिति गठन गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रम पोखरा महानगरपालिका वडा नं. १६ स्थित लामाचौरमा २०८२ भदौ ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ जसमा अर्थ व्यवस्थापनमा कमलबहादुर थापा, समन्वय विशेषमा मिलन केसी, खेल मैदान विकासमा दिलबहादुर थापा, तीज महोत्सव संरक्षण कोषमा नविन भण्डारी, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा रविमान सिंह भण्डारी, शिक्षा तथा श्रष्टा सम्मानमा थिरबहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजुबहादुर भण्डारी, खेलकुद व्यवस्थापनमा शङ्कर केसी, मञ्च र स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा बलबहादुर श्रेष्ठ, युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरूङ, सुरक्षा व्यवस्थापनमा हरिबहादुर वरूवाल, स्वागत सत्कारमा सञ्जयकुमार अधिकारी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा दिलबहादुर थापा, सूचना तथा प्रचार प्रसारमा विष्णुप्रसाद गौतम, डिजिटल बोर्ड तथा व्यानरमा प्रकाश थापा, सरसफाईमा रामजि सिके र पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापनमा सुशील केसी संयोजक रहनु भएको छ ।

प्रचार–प्रसारमा जोड दिन २०८२ साउन ४ गते सूचना तथा प्रचार प्रसार उपसमितिले बैठक बसेर महोत्सवलाई प्रभावकारी बनाउन सञ्चार माध्यमसँग समन्वय गर्दै प्रचारमा कुनै कमी नगर्ने निर्णय गरेको संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिनु भयो ।

Author

Related News