मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

टी-२० विश्वकप: दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि नेपालको जित

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाउनु भयो ।

नेपालले जीतका लागि पाएको १ सय ७१ रनको लक्ष्य अन्तिम ओभरमा ४ बल अगाडि नै पूरा गर्‍यो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो ।

तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालको विश्वकपमा कूल तेस्रो जीत पनि हो ।

सन् २०१४ मा बङ्गलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन ।

यो विश्वकपमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रन, इटालीसँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो ।

यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो ।

मुम्बईको वानखडे रङ्गशालामा आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले सान्त्वना जीत निकालेको हो ।

दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाउनु भयो । त्यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा स्कटल्यान्डले नेपाललाई १ सय ७१ रनको लक्ष्य दिएको थियो ।

स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो । जीतपछि नेपालका कप्तान रोहितकुमार पौडेलले यो टी–२० विश्वकपमा धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व त्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनु भएको छ ।

Author

Related News