मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सुविधा सहकारीद्वारा ३९ युनिट रगत सङ्कलन

पोखरा । पोखरा महानगरपालिका–८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत वर्षको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३९ युनिट रगत सङ्कलन भएको छ ।

२०८२ माघ ५ गते सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णमान ठुसाजुले पहिलो रक्तदाता बिमला अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

२०५७ सालमा स्थापना भएको सहकारीले हालसम्म करिब ३० करोड रुपियाँको कारोबार गर्दै आएको र सहकारी मूल्य–मान्यताअनुसार सामाजिक सेवाका विभिन्न कार्यहरू निरन्तर गर्दै आएको संस्थाका कार्यकारी प्रमुख सुशील बिजुक्छेले जानकारी दिनु भयो ।

कार्यक्रममा ८३ पटक रक्तदान गरिसकेका रक्तदाता तथा सामाजिक अभियन्ता कृष्णबहादुर थापाले रक्तदानलाई महत्वपूर्ण सामाजिक सेवा कार्यको रूपमा उल्लेख गर्दै १६ वर्ष माथिका सबै नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा राख्नु भयो ।

रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार प्राध्यापक डा. बोथराज कार्की, रक्तसञ्चार केन्द्रका प्रमुख महेन्द्र केसी, संस्थाका पूर्व अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष राजु पौडेल, सचिव वीरबहादुर अधिकारीलगायतले रक्तदानको महत्व र संस्थागत भूमिकाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Author

Related News