ललितपुर । सर्वोच्च अदालतले रौतहट सदरमुकाम गौरको राइसमिल मैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ ।
‘गौर हत्या काण्ड’ भएको १९ वर्षपछि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान गर्दै मुद्दा चलाउने बाटो खुलेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यादवसहि जोडिएको उक्त हत्याकाण्डको मुद्दामा निवेदकको माग बमोजिम हुने परमादेश २०८२ भदौ २ गते जारी गरेको हो।
त्रिभुवन साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहटसमेतलाई प्रतिवादी बनाएर रिट दायर गर्नु भएको थियो ।
उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रतिवादीविरुद्ध मुद्दा चलाउन परमादेश दिएको हो ।
२०६३ चैत ७ गते गौरको राइसमिल मैदानमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताको आक्रमणमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।
पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसी जनाधिकार फोरमको अध्यक्ष हुनुहुन्थ्यो । (फोटोः इन्सेक)
रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीद्वारा आयोजित आमसभाका क्रममा भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन (इन्सेक)