मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

खोल्सीको बाढीले बगाएर सव-इञ्जिनियरको ज्यान गयो

ललितपुर । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका-६, ठुलादुर्लुङमा सानो खोल्सीमा आएको आकस्मिक बाढीले बगाउँदा एक सव-इञ्जिनियरको ज्यान गएको छ।

सविन दाहाल महाङ्काल गाउँपालिका–४, कालेश्वर स्थायी ठेगाना भई वडा नं. ६, ठुलादुर्लुङमा गाउँपालिकाका तर्फबाट खटिएर सव-ओभरसियरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार २०८२ असार ११ गते साँझ साढे ७ बजेतिरको समयमा ठुलादुर्लुङस्थित गुम्राङको भर्‍याङखोल्सामा आएको बाढीले २१ वर्षीय दाहाललाई बगाएको हो।

ठुलादुर्लुङबाट कालेश्वरतर्फ जाँदै गर्दा खोल्सीमा आएको बाढीको बहाव तीव्र भएका कारण खोल्सी पार गर्न नसकी दाहालको ज्यान गएको हो ।

दाहालको असामयिक निधनप्रति गाउँपालिका, सहकर्मी र स्थानीयवासीहरूले दुःख व्यक्त गरेका छन्।

यस घटनाले प्राविधिक क्षेत्रमा कार्यरत युवाहरूको सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

Author

Related News