मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा रङ्गशालामा अत्याधुनिक पानी ट्याङ्की

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले आफ्नो ७२औँ वार्षिकोत्सवको अवसरमा पोखरा रङ्गशालामा निःशुल्क तातो र चिसो पिउने पानी उपलब्ध गराउने सेवा सुरु गरेको छ ।

सङ्घले जिल्ला खेलकुद विकास समिति कास्कीलाई अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) निर्माण गरी हस्तान्तरण गरेपछि सेवा लागू भएको हो ।

२०८२ फागुन ११ गते आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ ले पानी ट्याङ्कीको अनावरण गर्नु भएको थियो ।

अनावरणसँगै करिब रु. १ लाख ५० हजारको लागतमा निर्मित उक्त पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनु भयो ।

अध्यक्ष कार्कीका अनुसार, फिल्टर मेसिन बहुस्तरीय शुद्धीकरण प्रणालीयुक्त छ । यसमा सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर र यूभी प्रणाली जडान गरिएको छ, जसबाट निस्कने पानी जीवाणुरहित, सुरक्षित र पिउनयोग्य हुनेछ ।

मेसिनबाट तातो र चिसो दुवै पानी उपलब्ध हुने भएकाले रङ्शालामा आउने खेलाडी तथा दर्शकहरूलाई स्वच्छ पिउने पानी सहज रूपमा प्राप्त हुनेछ ।

त्यसै अवसरमा अध्यक्ष कार्कीले व्यक्तिगत लागतमा फिल्टर मेसिन वरपर पाँच ओटा फलामे बेन्च पनि प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अञ्जन श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस्तो सहयोगले खेलकुद क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने उल्लेख गर्दै, खेल क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराको जेठो संस्था पोउवासङ्घको ७२औँ स्थापना दिवसको अवसरमा खेल क्षेत्रलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको जानकारी दिनु भयो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै, यसबाट खेलाडीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो र आगामी दिनमा समेत सहकार्यका लागि आग्रह गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका महासचिव शोभा गौतम का अनुसार उक्त फिल्टरले एक पटकमा ६ हजार लिटर पानी शुद्ध बनाउने क्षमता राख्दछ ।

Author

Related News