मानव आवाज

२०८३ श्रावण ५ गते
00: 00: 00
२०८३ श्रावण ५ गते

नवप्रवेशी केप भर्डेसँग बराबरी खेलेको स्पेनद्वारा साविक विजेता अर्जेन्टिना पराजित

काठमाडौँ । समूह चरणको पहिलो खेलमा फिफा विश्वकपको यात्रामा डेब्यु गरेको मुलुक केप भर्डेसँग ०-० को बराबरीबाट सुरू भएको फिफा विश्वकप-२०२६ उपाधि हात पारेर मात्रै विश्राम भएको छ ।

समूह चरणमा नै स्पेनले साउदी अरेबियासँग ४-० को फराकिलो अन्तरले जितेको थियो । पूर्व विश्व विजेता उरुग्वेसँग पनि स्पेनले १-० को जित हात पारेको थियो ।

१६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फिफा विश्वकप-२०२६ मा एक गोल मात्रै खाएको छ भने फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ ।

युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो ।

स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० को अन्तरले पराजित गर्‍यो । राउन्ड अफ १६मा आइपुग्दा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई एक गोल खुवाएर घर पठाइदियो ।

क्वार्टरफाइनलमा शक्तिशाली मानिएको अर्को टीम बेल्जियमलाई २-१ को अन्तरले जित्यो भने सेमिफाइनलमा पूर्व विजेता एवम् यसपटक धेरैले विजेताको अनुमान गरेका फ्रान्सलाई ३-० को अन्तरले हराइदियो ।

फाइनल यात्रामा भने निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी खेलेको स्पेनका खेलाडी फेरान टोरेसले १०६ मिनेटमा गर्नुभएको गोल नै निर्णायक बन्यो  । यही गोलले अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेनले विश्वकपको उपाधि चुमेको हो ।

विश्वपक फुटबल कहिले कसले जिते ?
२०२६: स्पेन (संयुक्त रूपमा अमेरिका, मेक्सिको र क्यानडामा आयोजित)
२०२२: अर्जेन्टिना (कतारमा आयोजित)
२०१८: फ्रान्स (रूसमा आयोजित)
२०१४: जर्मनी (ब्राजिलमा आयोजित)
२०१०: स्पेन (दक्षिण अफ्रिकामा आयोजित)
२००६: इटाली (जर्मनीमा आयोजित)
२००२: ब्राजिल (दक्षिण कोरिया/जापानमा आयोजित)
१९९८: फ्रान्स (फ्रान्समा आयोजित)
१९९४: ब्राजिल (अमेरिकामा आयोजित)
१९९०: पश्चिम जर्मनी (इटालीमा आयोजित)
१९८६: अर्जेन्टिना (मेक्सिकोमा आयोजित)
१९८२: इटाली (स्पेनमा आयोजित)
१९७८: अर्जेन्टिना (अर्जेन्टिनामा आयोजित)
१९७४: पश्चिम जर्मनी (पश्चिम जर्मनीमा आयोजित)
१९७०: ब्राजिल (मेक्सिकोमा आयोजित)
१९६६: इङ्गल्याण्ड (इङ्गल्याण्डमा आयोजित)
१९६२: ब्राजिल (चिलीमा आयोजित)
१९५८: ब्राजिल (स्वीडेनमा आयोजित)
१९५४: पश्चिम जर्मनी (स्विट्जरल्याण्डमा आयोजित)
१९५०: उरुग्वे (ब्राजिलमा आयोजित)
१९३८: इटाली (फ्रान्समा आयोजित)
१९३४: इटाली (इटालीमा आयोजित)
१९३०: उरुग्वे (उरुग्वेमा आयोजित)

Author

Share the News

Recent News

Related News