मानव आवाज

२०८३ असार ३१ गते
00: 00: 00
२०८३ असार ३१ गते

स्पेन जारी विश्वकपमा फाइनल प्रवेश

काठमाडौँ । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको सेमिफाइनल खेलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गर्नुभयो ।

जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग पराजित हुन पुग्यो । बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन । फ्रान्सले खेलभरि मात्र दुई सर्ट अन टार्गेटमा राख्न सक्यो ।

सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो ।

अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्डबिच चल्ने सेमिफाइनलको दोस्रो खेलको विजेतासँग खेल्नेछ ।

Author

Share the News

Recent News

Related News