आज २०८२ माघ ५ गते २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । यो पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ ।
ल्होसारका १२ ओटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले ल्होसार मनाउनेहरू प्रकृतिपूजक हुन् भन्न सकिने अनुसन्धाताको भनाइ छ ।