मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

फूल्चोकी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका-१४, ठैवस्थित फूल्चोकी माध्यमिक विद्यालयले सामाजिक परीक्षण सम्पन्न गरेको छ ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष ध्रुवप्रसाद पोखरेलको संयोजकत्वमा गठित सामाजिक परीक्षण समितिले तयार पारेको प्रतिवेदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरोज बज्राचार्यलाई २०८२ पुस २० गते बुझाइएको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शेखर न्यौपानेले नमूना विद्यालयले नमूना ढङ्गले सामाजिक परीक्षण सम्पन्न गरेको उल्लेख गर्दै विद्यालयले शैक्षिक नेतृत्वमा पनि अब्बलता देखाएको बताउनु भयो ।

प्रतिवेदन ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्राचार्यले प्राप्त सुझाव कार्यान्वयन गर्दै विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले विद्यालयको गुणस्तर अभिवृद्धि र अभिभावक शिक्षामा केन्द्रित रहने बताउनु भयो ।

विद्यालयले सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम शिक्षक अभिभावक सङ्घ, सामाजिक परीक्षण समिति तथा तीन सदस्यीय प्राविधिक समितिको समन्वयमा सामाजिक परीक्षण सम्पन्न गरेको हो ।

प्राविधिक समितिका संयोजक तथा गोदावरी नगरपालिका शिक्षा शाखाका अधिकृत पदमबहादुर कुँवरले सामुदायिक विद्यालयले पारदर्शिता र जबाफदेहिता कायम गर्दै सामाजिक परीक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

बागमती प्रदेशको नमूना विद्यालयका रूपमा स्थापित फूल्चोकी माध्यमिक विद्यालयले हरेक वर्ष विद्यालय सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Author

Related News