मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

श्री कृपालुदास फाउण्डेशनको कार्यालय उद्घाटन

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको श्री कृपालुदास फाउण्डेशन इन्टरनेशनल नेपालको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन समारोह पोखरा महानगरपालिका-१५ मा सम्पन्न भएको छ । उक्त समारोहको उद्घाटन वडा अध्यक्ष तोरणबहादुर बाँनियाले २०८२ कार्तिक १७ गते गर्नु भयो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बाँनियाले अहिले भौतिक विकासलाई मात्र प्राथमिकता दिइँदै आएको भए पनि आगामी दिनमा मानवीय, धार्मिक र आध्यात्मिक विकाससँगै अघि बढ्नु अत्यावश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो-यो परोपकारी कार्य एक्लै सम्भव छैन, यसका लागि सबैको साथ र सहयोग अपरिहार्य छ ।

उहाँले पछिल्लो समयमा मानवता, इमानदारी र नैतिक शिक्षाको महत्व झन् बढ्दो भएकाले यसको सुरुवात घरघरबाट गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष शोभाकान्त ढकालले संस्थाको स्थापना, उद्देश्य र आगामी योजनाबारे जानकारी गराउनु भयो ।

उहाँका अनुसार, अन्नपूर्णको काखमा अवस्थित पोखरा धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र आध्यात्मिक चेतनाको प्रतीक भएकाले यहीँ फाउन्डेशनको केन्द्रीय कार्यालय स्थापना गरिएको हो ।

ढकालका अनुसार संस्थाको उद्देश्य समाजका विपन्न, असहाय, अपाङ्ग, बेसहारा तथा सङ्कटग्रस्त व्यक्तिहरूलाई सहयोग र संरक्षण प्रदान गर्नु, अनाथ बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाह तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नु, साथै धार्मिक र सांस्कृतिक मूल्यमान्यताको संरक्षण तथा प्रवर्नधमा योगदान पुर्‍याउनु हो ।

संस्थाले रूपन्देहीको तिलोत्तमा नगरपालिका-२, पशुपतिपथमा ‘कृपालु सेवा आश्रम’ सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

वैदिक सनातन गुरूकुल स्थापना गर्ने, मठ–मन्दिर तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्ने योजना रहेको अध्यक्ष ढकालले बताउनु भयो ।

अध्यक्ष ढकालले आफ्नो आम्दानीको ५० प्रतिशत रकम मानवीय, धार्मिक र आध्यात्मिक विकासका कार्यमा लगानी गरिएको पनि जानकारी दिनु भयो ।

फाउन्डेशनले निकट भविष्यमा सातै प्रदेशमा वृद्धाश्रम, अनाथ तथा असहाय बालबालिकाका लागि आश्रम, १ सय ८ जना महिलालाई वैदिक शिक्षा प्रदान गर्ने गुरूकुल स्थापना, साथै स्याङ्जाको गल्याङ नगरपालिका-११ हुगिघाटमा ११ हजार १ सय १ शिवलिङ्ग पाँच वर्षभित्र स्थापना गर्ने योजना अघि सारेको छ ।

कार्यालयल उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका प्रवक्ता अम्बिका खड्का क्षत्रीले गर्नुभएको थियो ।

Author

Related News