मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

धनुषा-१ को उम्मेदवारी खारेजबारे कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो ।

 ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

अदालतको कारण देखाउ आदेश

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।  

उम्मेदवार खारेजीका कारण साहको चुनाव चिन्हमा आएको मत बदरमा गनिएको छ । तर, साहकै मत बढी देखिएकाले विवाद भएको हो ।

उक्त मतलाई बदर मान्दा नेकपाका उम्मेदवार एवम् पूर्व मन्त्री मातृका यादव निर्वाचित हुनु भएको छ । यद्यपी यससम्बन्धमा विवाद भने जारी रहेको छ ।

मतगणना सम्पन्न भएको र पाएको मतको विवरण

Author

Related News