मानव आवाज

२०८३ असोज १३ गते
00: 00: 00
२०८३ असोज १३ गते

साङ्ग्रिला साहित्यिक यात्रा सिजन-२ सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका-१० स्थित साङ्ग्रिला माध्यमिक विद्यालयले ‘साङ्ग्रिला साहित्यिक यात्रा सिजन-२’ सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन गर्नुका साथै ख्यातिप्राप्त व्यक्तित्वहरूको जीवनी प्रस्तुत गरेका थिए ।

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन तथा साहित्यप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दीपक महर्जनले विद्यालयले हरेक वर्ष कविता वाचन कार्यक्रमलाई विस्तार गर्दै साहित्यिक यात्राका रूपमा अघि बढाएको बताउनुभयो । उहाँले साहित्यिक यात्रा निरन्तर अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा गोदावरी साहित्य परिषद्का अध्यक्ष नवराज सञ्जेलले गोदावरी नगरपालिकाभित्र भाषा, साहित्य र कला संरक्षणका लागि परिषद्ले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो ।

सञ्जेलले विद्यार्थीका कविता वाचन शैली, उद्घोषण तथा जीवनी प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षणात्मक मन्तव्य दिँदै आगामी दिनमा साहित्यिक कार्यशालामार्फत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा कविता र जीवनी विधामा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट हुनेलाई छुट्टाछुट्टै मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार