मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

ज्येष्ठ नागरिक मञ्चद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

पोखरा । पोखरा महानगरपालिका–६ स्थित वडा स्तरीय जेष्ठ नागरिक मञ्च बैदामले २०८२ मङ्सिर २१ गते कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मञ्चका अध्यक्ष गिरिराज अधिकारी र सचिव गुरूदत्त पहारीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा सरकारद्वारा केही समयअघि मात्र पोखराको लेकसाइड क्षेत्र २४ घण्टा खुला गर्ने घोषणा गरिएपछि उत्पन्न सुरक्षा चुनौती, मध्यरातसम्म बढेको भीडभाड तथा कोलाहलपूर्ण वातावरणले स्थानीय बासिन्दा, पर्यटक, ज्येष्ठ नागरिक, महिला र बालबालिकाको शान्त वातावरणमा असर परिरहेको उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा लेकसाइड क्षेत्रमा राति ११ बजेपछि बजार तथा व्यवसायिक गतिविधि बन्द गर्ने व्यवस्था मिलाउन तथा अनावश्यक मदिराजन्य पदार्थ सेवन गर्दै होहल्ला गर्ने प्रवृत्ति रोक्न आवश्यक कदम चाल्न माग गरिएको छ ।

मञ्चका अध्यक्ष अधिकारीका अनुसार सो ध्यानाकर्षणपत्र पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, वडा नं. ६ कार्यालय तथा पोखरा पर्यटन परिषद्सहित सम्बन्धित निकायहरूलाई बोधार्थ पठाइएको छ।

Author

Related News