पोखरा । पोखरा महानगरपालिका वडा नं ५ धर्मस्थली टोल’ ख’ स्थित धर्मस्थली सुरक्षा सचेतना समितिको आयोजनामा सुरक्षा सचेतना तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८२ असोज ११ गते सम्पन्न भएको छ ।
टोलकी ज्येष्ठ सदस्य ठमाकुमारी चापागाईंको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागीले समाज र नागरिकको जीउ धनको सुरक्षा नै अहिलेको महत्वपूर्ण विषय भएको बताउँदै यस्ता खालका कार्यक्रमले आपसी एकता, सदभाव र टोलवासीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि समाजमा देखिएको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही दिन अघि समूह गठन गरिएको हो ।
समूह गठन लगत्तै रातको समयमा गस्ती, सरसफाई, सडक बत्तीको व्यवस्था तथा अन्य रचनात्मक काम गर्दै आइरहेको अध्यक्ष गोविन्द केसीले जानकारी दिनु भयो ।
कार्यक्रममा धर्मस्थली टोल विकास संस्थाका अध्यक्ष प्रकाश कोइराला, धारापानी टोल विकास संस्था (ख) का अध्यक्ष हरिश्चन्द्र अधिकारीले आआफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले एक आपसमा शुभकामना आदानप्रदान गर्नु भएको थियो । कार्यक्रममा टोलबासी एवम् पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारी र प्रहरी नायव उपरीक्षक (डीएसपी) ध्रुव अधिकारीलाई सम्मान गरिएको थियो ।
गोबिन्द केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी कृष्णप्रसाद तिमिल्सिनाले स्वागत र सचिव ईन्दिरा तिवारी भट्टराई सञ्चालन गर्नु भएको स्थानीय रमेश सुबेदीले मानव आवाजलाई जानकारी दिनु भयो ।