जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने भएको छ ।
सहरभरी हैजा फैलिएका कारण थप सङ्क्रमणबाट जोगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न आह्वान गरेको थियो ।
महानगरपालिकाले २०८२ भदौ ९ गते एक सूचना जारी गर्दै महानगरले २०८२ भदौ १३ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।
