काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको जनाएको छ ।
२०८२ असोज २० गते बसेको आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको जनाइएको छ ।
स्वीकृत कार्यतालिका अनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले २०८२ असोज २० गते जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।
