पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको नवौं जिल्ला अधिवेशनले केदार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
२०८२ साउन २३ राति सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सापकोटाले आफ्ना प्रतिस्पर्धी विनोद रेग्मीलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको छ ।
अध्यक्ष पदमा केदार सापकोटाले ३ सय २५ मत ल्याएर विजयी हुनु भयो भने उहाँका प्रतिस्पर्धी विनोद रेग्मीले १ सय ६२ मत पाउनु भयो ।
त्यसैगरी, खुल्लातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित हुनु भयो । उहाँका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त गर्नु भयो ।
कार्यसमितिका अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भएको जनाइएको छ । नयाँ कार्यसमितिसँगै प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता शालिग्राम भट्टराईले बताउनु भयो ।
उहाँका अनुसार २०८२ साउन २३ गते भएको मतदानमा निर्धारित समयसम्म ५ सय ७ जनाले मतदान गरेका थिए ।
कूल ९ सय ९७ साधारण सदस्य रहेको नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा ६ सय ५५ जनालाई मताधिकार रहेको थियो ।

