रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहट जिल्ला अधिवेशन उद्घाटन सत्रकै दिन भएको मुठभेड तथा अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै जिल्लाका सांसदहरूले अधिवेशन स्थगन गर्न माग गरेका छन् ।
सांसदलगायत ले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन उद्घाटनका क्रममा देखिएको विवाद, झडप तथा असहज परिस्थितिका कारण निर्वाचन संयोजकलगायत सम्बन्धित व्यक्तिहरूमाथि सुरक्षा चुनौती उत्पन्न भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा अधिवेशनलाई निष्पक्ष, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तथा व्यवस्थापकीय तयारी सुनिश्चित नभएसम्म अधिवेशन स्थगन गरी उपयुक्त वातावरण सिर्जना गर्न आग्रह गरिएको छ ।
सांसदहरूले लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित, पारदर्शी र शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्वलाई घटनाको गम्भीर समीक्षा गरी आवश्यक निर्णय लिन अनुरोध गरेका छन् ।
अधिवेशन स्थगनसम्बन्धी विषयमा पार्टीको आधिकारिक निर्णय भने आउन बाँकी रहेको जनाइएको छ ।