मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुर-३ मा ३४ हजार मतान्तरमा रास्वपाकी कार्की विजयी

ललितपुर । ललितपुर क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार तोसीमा कार्की ३४ हजार मतान्तरमा विजयी हुनु भएको छ ।

कार्कीले ४३ हजार ९६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो स्थानमा रहनु भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले ६ हजार २२, नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २ सय ९७ र पाँचौँ हुनुभएका राप्रपाका सविनकुमार खड्काले २ हजार ३७ मत पाउनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार कार्कीलाई प्रमाणपत्र प्रदान गरिसकेको छ । उहाँ निवर्तमान सांसद हुनुहुन्छ ।

Author

Related News