ललितपुर । ललितपुर क्षेत्र नं १ मा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन विजयी हुनु भएको छ । महर्जन २३ हजार ३ सय ७३ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुनु भएको हो ।
दोस्रो स्थानमा रहनु भएका नेपाली कांग्रेसका सह महामन्त्री एवम् निवर्तमान सांसद उदय सम्शेर राणाले १३ हजार ५ सय २०, नेकपा एमालेका चेतनाथ सञ्जेलले ६ हजार ५ सय ४६, उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले २ हजार ६ सय ८६ र नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले १ हजार ९ सय ६४ मत पाउनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार महर्जनलाई प्रमाणपत्र प्रदान गरिसकेको छ ।