मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

दलितका आवाज मुखरित गर्न गोलमेच

ललितपुर । राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौंमा २०८२ जेठ २९ र ३० गते सञ्चालन भएको छ । सम्मेलनमा देशभरिका दलित अभियन्ता तथा बुद्धिजीवि, मानवअधिकारवादी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू सहभागी भएका छन् । 

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दुई दशक बितिसक्दा पनि दलित समुदायमाथि जातीय विभेद र उत्पीडन कायम रहेको र यी उत्पीडनविरुद्ध दलित समुदायको थप सङ्घर्ष आवश्यक भएकाले सम्मेलनको आयोजना गरेको दलित गोलमेच सम्मेलनका आयोजकले जनाएका छन् ।   

सम्मेलनमा दलित आन्दोलनको समीक्षा, दलित समुदायको वर्तमान स्थिति, दलित समुदाय माथिको विभेदको स्थिति, नेपाली समाजको अन्तरद्वन्द्व, दलित मुक्ति आन्दोलनको भावी रणनीति, दलित मुक्ति आन्दोलन राजनीतिक शक्ति निर्माण गर्दा वैचारिक आधार, दलित मुक्ति आन्दोलनमा गैरदलितको भूमिका के लगायत विषयमा छलफल भएको छ ।

Author

Related News