मानव आवाज

२०८३ असार १९ गते
00: 00: 00
२०८३ असार १९ गते

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल प्रि क्वाटर फाइनलमा प्रवेश

काठमाडौँ । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो ।

पोर्चुगलले अब अन्तिम १६ मा पूर्व विजेता स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले २०१० को विश्वकप ट्रफि उचालेको थियो ।

टोरन्टोमा भएको खेलमा इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाउनुभएको थियो ।  

तर, क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा पेनाल्टीमा बराबरी गोल गर्नुभएको थियो । यो गोल नै रोनाल्डोले विश्वकपको नकआउट चरणमा गरेको पहिलो गोल भएको बताइएको छ ।

Author

Share the News

Recent News

Related News